गोपाल राईलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको नेतृत्व
पाेखरा | पुस ११, २०८०
पोखरा: नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन ।
पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन ।
१३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन ।
त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन । एशोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचि भएका छन ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मञ्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा वोल्दै आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अधिवेशनबाट आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एशोसियसनमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
नवनिर्वाचि कार्यसमितिलाई निवर्तमान एशोसियसनका निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. राम प्रसाद गुरुङ, याम बहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

